यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी / श्रीलंकामा सञ्चालन भएको First south asian open taekwondo मा धादिङ गजुरीका उज्वल श्रेष्ठ,First asian open international taekwondo मा स्मृति श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् ।
मंसिर २५ देखि २६ गतेसम्म श्रीलंकामा सञ्चालन भएको खेलमा गजुरीका ४ जना सहभागी भएक थिए । सहभागी मध्ये दिब्ब्याम्सु कडेलले First Bangaladesh open internationals taekwondo champoinship 2023 मा कास्य पदक जित्न सफल हुनुभएको छ । यसैगरि आभास श्रेष्ठले First asian open taekwondo मा कास्य पदक जित्न सफल भएका छन् । आज एक कार्यक्रमकाबिच बिजेताहरुलाई गजुरी गाउँपालिकाले प्रमाणपत्र तथा नगद सहित सम्मान गरेको छ ।
अन्तराष्ट्रियस्तरमा पनि गजुरी गाउँपालिकाको नाम उच्च बनाएको भन्दै मनोवाल बृद्धिका लागी पनि यो पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
खेल क्षेत्रलाई गजुरी गाउँपालिकाले उच्च प्राथमिकता दिएर अगाडी बढीरहेको भन्दै खेलकुदको बिकासमा कुनैपनि कसर बाँकी नराख्ने समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो । खेल क्षेत्रलाई अझै सशक्त बनाएर अगाडी बढ्दै जाने उहाँको भनाई थियो ।
सामान्य जनजिवनमा जन्मेहुर्केर पनि अन्तराष्ट्रियस्तरमा पुगेर स्वर्ण तथा कास्य पदक जितेर आउनु सानो कुरा नभएको गाउँपालिका उपाध्यक्ष सर्मिला बिसुरालले जानकारी दिनुभयो । उहाँले प्रमाणपत्र तथा नगद सहयोगले आत्मबल उच्च बनाउन अझै बढी प्रेरित गर्ने हेतुले प्रदान गरिएको बताउनुभयो । अब गजुरी गाउँपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पनि ख्याति कमाउन सक्ने खेलाडीहरुको उत्पादनमा जोड दिने बताउनुभयो ।
सम्मान कार्यक्रममा अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला विसुराल, वडा नम्बर १ र ७ का वडा अध्यक्ष द्वोय तारानाथ भण्डारी, बद्री प्रसाद जम्कटेल, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी, शिक्षा शाखा प्रमुख सन्तोष पौडेललगायतको उपस्थित रहेको थियो ।