गजुरी/गजुरी गाउँपालिको आयोजनामा गजुरी वडा नं.१ को छात्राबासको सभाहलमा फोहोरमैला व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीले यो फोहोरमैला ब्यबस्थापनमा सबै गाउँ, टोल र बजार क्षेत्रका नागरिकहरुले फोहोरमैला ब्यबस्थापनमा बिषेश ध्यान दिनुपर्ने बताउनुभयो ।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले निर्वाचनपछिका दिनबाटै गजुरी गाउँपालिकाले फोहोरमैला ब्यबस्थापनमा लागीरहेको बताउनुभयो । नमुना गाउँपालिका बनाउनेतर्फ पनि अगाडी बढीरहेको र मलेखु, बेल्खु, आदमघाट लगायत गजुरीका प्रत्येक बजारमा बत्ति राख्ने, उज्यालो पालिका बनाउने तथा फोहोर ब्यबस्थापनमा बिषेश ध्यानमा राख्दै काम अगाडी बढाउने योजना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्वच्छ सफा गजुरी, सुन्दर हाम्रो नगरी भन्ने मूल उदेश्य राखेर सुरुवात गर्न लागेको यस अभियानमा सबैको साथ सहयोगको जरुरी रहेको उहाँको भनाई थियो ।
गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले बजार क्षेत्रलाई सफा र स्वच्छ बनाउने अभियानलाई अगाडी बढाएर हरेक टोल बजारमा फोहोरमैला सरसरफाईका बारेमा सचेतना जगाउने पनि गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिनुभयो । कुहिने, नकुहिने गरेर छुट्टाछुट्टै फोहोर फाल्ने डस्विन उपलब्ध गराएर आफ्नै घर आँगनजसरी टोल बजार पनि सफा राख्नुपर्ने बताउनुभयो । गजुरी गाउँपालिकाभित्रबाट संकलित फोहोरमैलाबाट मल उत्पादनमा पनि जोड दिने बताउनुभयो ।
फोहोरमैला ब्यबस्थापनमा सुरक्षाकर्मी, बिभिन्न संघसंस्थाका प्रतिनिधी,बैकिङ क्षेत्रका प्रतिनिधी, भातृ संगठन, स्थानिय लगायतको सहयोगमा फोहोरमैला ब्यबस्थापनमा जोड दिने गजुरी गाउँपालिकाका योजना शाखा प्रमुख पुजन अधिकारीले जानकारी दिनुभयो ।
गजुरीका समाजसेवी दिवस सागर श्रेष्ठले गजुरी बजारमा फोहोरमैला ब्यबस्थापनमा आफ्नो घर अगाडि सफा राख्ने र अरुलाई पनि जनचेतना दिनुपर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
फोहोर ब्यबस्थापन ६ महिनादेखि एक बर्षभित्रमा सफा, स्वच्छ गजुरी बनाउने बनाउने पनि प्रतिबद्धता जनाएका छन् ।
गजुरी गाउँपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ४ रोपनी ८ आना जग्गा खरिद गरिसकेको छ ।
प्रतिबद्धता
हामी गजुरी गाउँपालिका धादिङका समस्त जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनिधीहरु, पूर्व जनप्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला ट्राफिक कार्यालय लगायतका सुरक्षा निकायमा स्थानीय युनिटहरुका प्रतिनिधिहरु, विभिन्न सामाजिक तथा सामुदायिक संघसंस्थाका प्रतिनिधीहरु, विभिन्न पेशा व्यवसायीहरु, कर्मचारीहरु, बडास्तरीय फोहोरमैला व्यवस्थापन समितिका सदस्यहरु गजुरी गाउँपालिकाको सभाहलमा आज मिति २०८० माघ ७ गते भेला भइ सफा स्वच्छ तथा सुन्दर गजुरी निर्माणका लागि देहायको विषयमा लिखित प्रतिबद्धता जनाउँदै यसको अक्षरस पालना गर्न कटिबद्ध रहनेछौं ।
१. हामी गजुरी गाउँपालिकाले पालिका गौरवको आयोजनाको रुपमा अघि सारेको फोहोरमैला व्यवस्थापन तथा सरसफाइ केन्द्र संचालन सम्बन्धी अभियानको पूर्ण सफलताको लागि मन बचन र कर्मले अग्रसर रहनेछौ ।
२. जाजको मितिबाट १५ दिनभित्र हामी आफ्नो घर, कार्यालय, राजनैतिकदलका कार्यालयहरु, सम्पर्क कार्यालय सामाजिक तथा समुदायिक संघ संस्थाको परिसरमा आवश्यकताको आधारमा साइज निर्धारण गरि कुहिने र नकुहिने डस्टबिन रास्ति फोहोरमैलाको श्रोतमै बर्गिकरण कार्यको सुरुवात गर्ने छौ ।
३. हामी आफू सम्बद्ध सरकार, दल तथा संस्थाको तर्फबाट आयोजना गरिने विचार गोष्ठी, सभा सेमिनार, विभिन्न तालिम तथा अन्य कार्यक्रमहरु आयोजना गर्दा उत्सर्जन हुने फोहोरमैलाको व्यवस्थापनका लागि आवश्यक पूर्वाधारमा विशेष ध्यान दिइ कुहिने÷नकुहिने फोहोरको बर्गिकरणको पूर्ण प्रबन्ध गर्ने छौ ।
४. हामी हाम्रो घरछिमेकमा उत्सर्जन तथा उत्पादन हुने फोहोरमैलाको श्रोतमा बर्गिकरण अभियान सफल पार्न एक उत्तरदायी नागरिकका रुपमा सचेतना कार्यक्रमहरुमा स्वतः स्फुर्त सहभागि हुनेछौं ।
५. बर्गिकृत फोहोर संकलन तथा व्यवस्थापनका लागि कुहिने÷नकुहिने÷सिसाजन्य फोहोर संकलन अलगअलग समयमा गर्ने सुनिश्चितता गाउँपालिकाले गर्नेछ । ६.
गजुरी गाउँपालिकाको आयोजनामा राजमार्ग तथा बजार क्षेत्रमा संचालन हुने बृहत सरसफाइ अभियानमा हामी सबैको तर्फबाट उत्साहप्रद सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्दछौ ।
७. स्थानीय रुपमा रहेका सुरक्षा अंगहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला ट्राफिक कार्यालयहरुले गाउँपालिकाबाट जायोजना हुने बृहत राजमार्ग सफाइ अभियानमा आफूसंग रहेका जनशक्ति तथा साधनस्रोत उपलब्ध गराउनेछन् । साथै उल्लेखित निकायले समेत फोहोरमैला बर्गिकरणमा आवश्यक व्यवस्थापन गर्नेछ ।
८. समस्त सामुदायिक संघ संस्थाले आवधिक रुपमा हुने राजमार्ग क्षेत्र तथा बजार क्षेत्र सफाइमा विशेष सहभागिता जनाउनेछन् ।
९. नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा ट्राफिक प्रहरीको संयुक्त नेतृत्वमा राजमार्गमा गुड्ने सबैखाले सवारी साधनका लागि सचेतना कार्यक्रम संचालनमा आबश्यक सहयोग उपलब्ध गराउनेछ। यो सचेतना अभियानमा सबै राजनैतिक दल, भातृ संगठन सबै सामुदायिक संस्थाहरु उत्तिकै सक्रिय रुपमा सहभागि हुनेछन् ।
१०. स्थानीय संचारमाध्यमहरु तथा यस भेगमा संचालनमा रहेका सबै संचारमाध्यमहरुले ऋक्च् को रुपमा सरसफाइ सम्बन्धी सूचना, समाचार
तथा अपडेटहरु प्रकाशन प्रसारण गर्नेछन् । ११. हालै गठित बड़ा स्तरीय सरसफाइ समितिहरुले घर घरमा पहुँच कायम गरि फोहोरको श्रोतमै वर्गिकरण र दीगो व्यवस्थापनका लागि आबश्यक कार्य गर्नेछन् ।
१२. राजमार्ग तथा बजारक्षेत्रमा रहेका सार्वजनिक शौचालयहरुको मर्मत संभार तथा पानीको पर्याप्त उपलब्धताको जिम्मेवारी गाउँपालिकाको रहनेछ ।
१३. सार्वजनिक स्थलहरुमा फोहोर संकलन डस्टविन गाउँपालिका आफै वा समन्वय गरि गाउँपालिकाले व्यवस्था गर्नेछ । फोहोरमैला संकलनका लागि प्रत्येक घरमा हुनुपर्ने व्यक्तिगत डस्टचिन सम्बन्धीत आफैले व्यवस्था गर्नेगरि हामी सबैले भूमिका निर्वाह गर्नेछौं ।
१४. हालै खरिद गरिएको स्थलमा न्यूनतम पूर्वाधार सहितको सरसफाइ केन्द्र गाउँपालिकाले आगामी ६ महिनाभित्रमा संचालनमा ल्याउनेछ ।
१५. उल्लेखित प्रतिबद्धतामा छुट भएका सकरात्मक तथा रचनात्मक विषयहरु यसै प्रतिबद्धताका अंश हुनेछन् यस प्रतिबद्धताको पूर्ण पालना तथा कार्यान्वयमा हामी समस्त सहभागीहरु पूर्ण रुपमा लाग्नेछौ भनि यस लिखित प्रतिबद्धतामा हस्ताक्षर गरिदियौ ।