यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । सोमबार बिहान ५ः५१ बजे झाओटोङ सहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २०० भन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गरेका छन् । स्थानीय सञ्चारमाध्यमका भिडियोहरूले उद्धारकर्ताहरू भत्किएका घरहरू र भवनहरूमा काम गरिरहेको देखाइएको छ।