यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । चीनको युनान प्रान्तमा गएको पहिरोमा परेर अहिलेसम्म नौ जनाको ज्यान गएको छ । हिजो गएको पहिरोमा परि अझै हराइरहेका अरु धेरै मानिसहरूको खोजी भइरहेको छ ।
राष्ट्रपति सी जिनपिङले निरन्तर खोज तथा उद्धारका लागि आदेश दिनुभएको छ । त्यस क्षेत्रको तापक्रम शून्यभन्दा तल झरेकाले अत्यधिक चिसोका कारण उद्धारकर्तालाई समस्या भइरहेको बीबीसीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार बस्ती नजिकैको ठाडो भीरमा पहिरो खसेको देखिएको छ ।