|  

एमालेको ध्यानाकर्षणले नीति, कार्यक्रम र बजेट निर्माणमा योगदान पुग्छ : प्रधानमन्त्री प्रचण्ड

९ माघ २०८०, मंगलवार १०:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। मंगलबार बिहान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेको टोली बालुवाटारमा पुगेर मध्यपहाड स्थानीयबासिन्दाले राखेका समस्यालाई लिखित रुपमा बुझ्दै प्रधानमन्त्री प्रचण्डले सरकार गम्भीर रूपमा लिने बताएका हुन्।

उनले एमालेको ‘झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्वपूर्ण सहयोग पुगेको बताए। प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे। उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

 

९ माघ २०८०, मंगलवार १०:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस