यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । रुसले युक्रेनका ठूला सहरहरूमा मिसाइल आग्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ । त्यस्तै एक सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । रुसको पछिल्लो आक्रमणपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक सम्बोधनमा क्रममा रुसले विभिन्न प्रकारका ४० वटा मिसाइल प्रक्षेपण गरेको बताउनु भएको समाचार संस्था अलजजिराले जनाएको छ ।
उहाँले मिसाइल प्रक्षेपणका कारण एक सय ४० वटा घरसहित दुई सयभन्दा बढी भौतिक संरचना र भवन ध्वस्त भएका जानकारी दिनुभएको छ ।