यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । राष्ट्रियसभा निर्वाचनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह बालेनले भाग नलिने भएका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनमा बालेनले भाग नलिने उनको सचिवालय स्रोतले जनाएको छ।
गत मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेनले मतदान गरेका थिएनन्। उपप्रमुख सुनिता डंगोल भने निर्वाचनमा भाग लिन हेटौंडा पुगिसकेकी छन्। बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा ४ सिटका लागि मतदान भइरहेको छ।