|  

अब सवारी लाइसेन्स प्रदेशमै छापिने

११ माघ २०८०, बिहीबार १२:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । सवारीचालक अनुमतिपत्र छाप्नका लागि सरकारले प्रदेशलाई नै जिम्मा दिन लागेको छ। सबै प्रदेशका सवारी अनुमतिपत्र केन्द्रबाट मात्रै छाप्ने हुँदा लाइसेन्स प्रिन्ट निकै ढिलो हुने गरेको थियो। त्यसैबीच करिब डेढ लाख नक्कली लाइसेन्स छापिएको सूचना पनि सार्वजनिक भएको थियो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीचालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन्।

मन्त्री ज्वालाले केही दिनअघि प्रदेशका यातायात मन्त्री र सचिवसँग बसेर छलफल गरेका थिए। बुधबार एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले जनतालाई सहज रूपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताएका हुन्। उनले सवारीचालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने गरी तयारी गरेको बताएका छन्।

 

 

 

११ माघ २०८०, बिहीबार १२:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस