यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । काठमाण्डौ उपत्यकाको सूर्यबिनायक–रत्नपार्क रुटमा चल्ने द्रूत बसबारे यात्रुलाई जानकारी दिन ‘एक्सप्रेस बस सर्भिस’ एप सञ्चालनमा आएको छ । यातायात व्यवस्था विभागले सञ्चालनमा ल्याएको यो एपमार्फत यात्रुले बसको नम्बर, चालकको नाम, बस रोकिने स्टप, आइपुग्न लाग्ने समय, भाडादरलगायत जानकारी लिन सक्छन् ।
एपमार्फत यात्रुले बस सेवाबारे गुनासो र प्रश्नसमेत राख्न सक्ने विभागले जनाएको छ । सूर्यबिनायक–रत्नपार्क रुटमा अहिले दैनिक ३६ वटा द्रूत बस सञ्चालन हुँदै आएको छ । बिहान साढे ८ बजेदेखि तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रूत बस चल्ने गरेका छन् ।