यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकगविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् ।
उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ते लक्ष्य राखेको छ । २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।
राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ ।