|  

जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउने ६ महिनामा ४० हजार चालक कारबाहीमा

१८ माघ २०८०, बिहीबार १३:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । ६ महिनाको अवधिमा जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउने झण्डै ४० हजार चालक कारबाहीमा परेका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार गएको ६ महिनामा जाँडरक्सी खाएर गाडी चलाउने ३९ हजार दुई ७२ जना चालक कारबाहीमा परेका हुन् ।
यस्तै लागु पदार्थ प्रयोग गरी गाडी चलाउने दुई सय ४२ जना चालक पनि कारबाहीमा परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । प्रहरीको तथ्याङ्कमा सबैभन्दा बढी काठमाण्डौ उपत्यकामा १८ हजार ६ सय २७ जना चालक कारबाहीमा परेका छन् ।
कारबाहीबाट देशभरबाट चार करोड रुपैयाँ राजश्व सङ्कलन भएकोमा काठमाण्डौ उपत्यकामा मात्रै १ करोड ८६ लाख २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रहरीको भनाइ छ ।

१८ माघ २०८०, बिहीबार १३:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस