यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
निभा विल्डर्स सप्लायर्स प्रा.लि.को सहयोगमा गजुरी गाउँपालिका वडा नं. ७ मा रहेको जुनतारा आधारभुत विद्यायका १०३ जना विद्यार्थीलाई गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ मार्फत विद्यालय पोसाक वितरण गरेको छ । व्यवसायी तथा समाजसेवी अनिल श्रेष्ठ र नविन खड्काले संचालन गरेको निभा विल्डर्सले विद्यार्थीहरुको लागि न्यानो हुने विद्यालय पोसाक दिएको हो । मंगलवार (आज) विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पोसाक वितरण गरेको गजुरी ७ का वडाध्यक्ष वद्रि प्रसाद जम्कटेलले बताउनु भयो । पोसाक वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ, वडाध्यक्ष वद्रि प्रसाद जम्कटेल, समाजसेवी तथा सहयोग दाता अनिल श्रेष्ठ, माओवादी केन्द्र गजुरीका अध्यक्ष सूर्य ब. तामाङ, समाजसेवी तथा महिला नेतृ चेलिमायाँ तामाङ लगायतको उपस्थितीमा वितरण गरिएको हो । जुनतारा आधारभुत विद्यालयमा विपन्न चेपाङ जाती र तामाङ जातीका १०३ जना वालवालीका अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक किसोर अधिकारीले जानकारी दिनु भयो ।