असोज ३, काठमाण्डौ
नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ ।
हृदयघात भएपछि गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका पूर्व सांसद् दाहालको शुक्रबार बिहान निधन भएको हो ।
उहाँ २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।
उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने र शुक्रबार दिउँसो नै पशुपति आर्यघाटमा अत्येष्टि गरिने परिवारले जनाएको छ ।