|  

कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि बार्ता

२६ माघ २०८०, शुक्रबार ०७:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


विराटनगर । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्टी जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि बार्ता हुन लागेको हो ।

असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो । हिजोको वार्तामा सरकारी वार्ता टोली र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता टोलीका बीचमा परिचय तथा केही औपचारिक कुराकानी भएको थियो ।

वार्तामा प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको तर्फबाट बनेको वार्ता समितिले आफ्नो एजेण्डा प्रस्तुत गरेको थियो । वार्तामा सहभागी पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले वार्ता सकारात्मक रूपमा अगाडि बढेको बताएका थिए ।

२६ माघ २०८०, शुक्रबार ०७:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस