|  

६ महिनामा वैदेशिक रोजगारका साढे ३ हजार बढी उजुरी

२६ माघ २०८०, शुक्रबार ११:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बितेको ६ महिनामा वैदेशिक रोजगार सम्बन्धी तीन हजारभन्दा बढी उजुरी परेका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको हो ।

यी उजुरीहरूमध्ये १ हजार ५६० उजुरीको सम्बोधन भएको विभागले जनाएको छ । विदेशमा अलपत्र परेको आफन्तको उद्धारका लागि ६९० उजुरी परेकोमा ४५ जनाको उद्धार गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार उद्धारका लागि उजुरी दिएकाहरूमध्येबाट १७२ जनाले क्षतिपूर्ति पाएका छन् । ठगी सम्बन्धीका १ हजार १३० उजुरी परेकोमा १९१ मिलापत्र गराइएको पनि विभागले जनाएको छ ।

विभाग परिसरभित्रै रहेको प्रहरी शाखामा १ हजार ६७५ उजुरी दर्ता भएका भएकोमा ६५ उजुरीमा मिलापत्र गराइएको छ भने ९२३ उजुरी फर्छ्योट भएको छ ।

 

२६ माघ २०८०, शुक्रबार ११:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस