यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङ बेनीघाट रोराङ गाउँपालिकाले भोली फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।
आज गाउँ कार्यपालिकाको कार्यलयले एक सूचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा बिदा दिने निर्णय गरेको हो ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागुन १ गते देखि संचालित महान जनयुद्धको स्मरण र सम्मान गर्दै फागुन १ गते जनयुद्ध दिवसका दिन यस बेनीघाट रोराङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरुमा १ दिन सार्वजनिक विदा दिने निर्णय भएको उक्त सुचनामा उल्लेख छ ।