यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङ गजुरी गाउँपालिकाले भोली फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।
गाउँ कार्यपालिकाले एक सूचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा बिदा दिने निर्णय गरेको हो ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागुन १ गते देखि संचालित महान जनयुद्धको स्मरण र सम्मान गर्दै फागुन १ गते जनयुद्ध दिवसका दिन बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।