यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सुनसरीको इनरुवाबाट प्रहरीले भारतीय स्कारपियो गाडीमा ल्याउदै गरेको १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद गरेको छ । भारतीय नम्बर बीआर ११ एक्स ३४२९ स्कारपियोमा शंका लागेर जाँच गर्दा नक्कली नोट बरामद भएको सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपीन रेग्मीले जानकारी दिए।
ट्राफिक प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा चेकजाँचका क्रममा नोट बरामद गरेको हो। चेकजाँचका क्रममा गाडीको पछाडि भागमा लुकाइराखेको अवस्थामा नोट फेला परेको प्रहरी उपरिक्षक रेग्मीले बताए।