|  

भूमाफियाविरुद्ध सरकारले शुरू गरेको अभियान रोकिन्न : प्रधानमन्त्री

२९ माघ २०८०, सोमबार १३:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमाफियाविरुद्ध सरकारले शुरू गरेको अभियान नरोकिने बताएका छन् ।

काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठकको दोस्रो दिन सम्बोधन गर्दै प्रचण्डले सरकारी जग्गा हडप्नेविरुद्धको अभियान नरोकिने बताएका हुन् । ‘बालुवाटारको ललिता निवास काण्डदेखि शुरू भएको भूमाफिया विरुद्धको अभियान अहिले पनि चलिरहेको छ,’ प्रचण्डले भने, ‘सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाउँछ, चाहे भूमाफिया हुन् कि सुन तस्कर ।’

सरकारले बाँसबारी छाला जुता कारखानाको सरकारी जग्गा हडप्नेविरुद्ध कारबाही शुरू गरेको छ । बाँसबारीको नाम नलिई प्रचण्डले भूमाफियाँविरुद्ध सरकारले शुरू गरेको अभियान नरोकिने बताएका हुन् ।

 

२९ माघ २०८०, सोमबार १३:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस