|  

जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड

१ फाल्गुन २०८०, मंगलवार ११:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताउनुभएको छ । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गरी उहाँले जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण नेपालीको साझा दिवसका रुपमा रहेको उल्लेख गर्नुभएको छ ।

जनयुद्धले परिवर्तनको सपनालाई आत्मसात् गरेको, राजतन्त्रको अन्त्य तथा लोकतान्त्रिक गणतन्त्रको स्थापनामा भूमिका रहेको उहाँको भनाई छ । उहाँले परिवर्तनको पक्षमा लागेर शहीद भएका प्रति श्रद्धाञ्जली, बेपत्ता व्यक्तिमा उच्च सम्मान र घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

‘जनयुद्ध’ दिवसको अवसरमा आज कतिपय ठाउँमा सार्वजनिक बिदा छ । आज रोल्पा, हुम्ला, रुकुमपश्चिम, गोरखा, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लाका कतिपय पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

 

 

१ फाल्गुन २०८०, मंगलवार ११:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस