|  

टिकटकले सरकारलाई लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र

१ फाल्गुन २०८०, मंगलवार १३:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । टिकटकले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाई प्रतिबन्ध हटाउन आग्रह गरेको हो ।

आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले फेरी पत्र लेख्दै टिकटकले पाँच वटा बुदामा प्रतिबद्धता जनाएको छ । पत्रमा टिकटकले नेपालले उठाउँदै आएका सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

आफ्नो प्लेटफर्ममा भएका कुनै पनि कन्टेन्टबारे नेपालको चासो वा सरोकार प्रत्यक्ष राख्न दिने र त्यसलाई सम्बोधन गर्न फोकल प्वाइन्ट सम्पर्क बिन्दु तोक्ने समेत बताएको छ । साथै नेपाली भाषाका सामाग्रीहरुको फिल्टर गर्न आवश्यक प्रबन्ध गर्ने समेत प्रतिबद्धता जनाएको छ ।

त्यस्तै टिकटकले राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्न पनि प्रतिबद्धता जनाएको छ ।

मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि टिकटकले ३० कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरण र २० मंसिरमा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।

१ फाल्गुन २०८०, मंगलवार १३:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस