|  

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका घर भत्काउन थालियो

२ फाल्गुन २०८०, बुधबार १२:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा घर भत्काउन शुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना हिजोदेखि भत्काउन शुरु गरिएको हो ।

मुग्लिन–पोखरा सडक विस्तार योजना ९पूर्वी खण्ड० का इन्जिनियर र स्थानीयवासीको बैठकमा भएको प्रतिबद्धताअनुसार सडक स्तरोन्नतिका लागि घर भत्काउन थालिएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् स्थानीयवासी बैकुण्ठनाथ मिश्रले बताउनुभयो ।

सडक विस्तार योजना ९पूर्वीखण्ड० का इन्जिनियर विष्णुप्रसाद पाण्डेले दमौली बजारमा घर भत्काउन थालिएसँगै अब बजार क्षेत्रमा काम तीव्र हुने बताउनुभयो । उहाँका अनुसार दमौली बजारका ७४ वटा घर भत्काइनेछ । मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कनेलगायतका ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको पनि पाण्डेले बताउनुभयो ।

पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भइ २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो । झण्डै ४२ किलोमिटर यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । यो खण्डको म्याद २०८१ साल वैशाखसम्म रहेको छ ।

२ फाल्गुन २०८०, बुधबार १२:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस