यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो ।
बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनु भयो । उहाँले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताउनुभयो । उहाँले मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने बताउनु भयो ।