|  

आदर्श बहुमुखी क्याम्पस गजुरीको १८ओैँ वार्षिकोत्सब समारोह सफलतापूर्वक सम्पन्न

६ फाल्गुन २०८०, आईतवार १८:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । आदर्श बहुमुखी क्याम्पस गजुरी १, धादिङको १८ ओैँ वार्षिकोत्सब समारोह सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको सभाध्यक्ष माननीय राजेन्द्रप्रसाद पाण्डेले गर्नुभएको थियो । समारोहमा गजुरी र सिद्धलेक गापाका जनप्रतिनिधि, क्याम्पस संचालक समितिका सदस्यहरू, क्यापस सभाका सदस्यहरू, क्याम्पसमा प्राध्यापनरत प्राध्यापक, कर्मचारी, अध्ययनरत विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्पसले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको अनुसन्धानमूलक जर्नलको चौँथो अंक सभाध्यक्ष, गजुरी गाउँपालिकाका अध्यक्ष, क्याम्पस प्रमुख लगायत सिद्धलेक र गजुरीका वडाध्यक्षज्यूहरूबाट विमोचन गरिएको छ । क्याम्पसको स्थापनाकालदेखि हालसम्म विभिन्न अवस्था र समयमा क्याम्पसलाई विभिन्न माध्यमबाट सहयोग गर्नुहुने जग्गादाता, चन्दादाताहरूको नामावली क्याम्पस प्रमुखले वाचन गर्दै सबैप्रति हार्दिक आभार प्रकट गर्दै क्याम्पसको दिगो विकासको निम्ति स्थापित अक्षयकोष विस्तारको लागि आह्वान सहित क्याम्पसप्रति सम्बन्धित निकाय र सरोकारवालहरूको चासो बढ्नुपर्ने कुरा उल्लेख गर्नुभयो । समारोहमा क्यापसले आयोेजना गरेको वार्षिकोत्सब लक्षित खेलकुदका कार्यक्रममा विभिन्न विधाबाट उत्कृष्ट गजलकार, वक्तृताका वक्ता र खेलाडीहरूलाई अतिरिक्त क्रियाकलाप संयोजक रामचन्द्र अर्यालको उद्धोषणमा पुरस्कार तथा मेडलद्वारा सम्मान गरिएको छ भने क्यापसको रणनैतिक योजनाको बारेमा छलफल, समीक्षा र सुझाव सङ्कलन क्याम्पसका प्राध्यापक डा। शरदचन्द्र सिंखडार रूद्रप्रसाद दनैद्वारा प्रस्तुत भएकोछ । कार्यक्रममा सिद्धलेक गापा वडा नं ६ का वडाध्यक्ष, गजुरी गापा वडा नं १ का वडाध्यक्ष, गजुरी गापा अध्यक्षले क्याम्पसप्रति सकारात्मक भाव व्यक्त गर्दै क्याम्पसको विकासको निम्ति सदा तत्पर रहेको प्रतिज्ञा गर्नुभयो । कार्यक्रमको समापन सभाध्यक्ष माननीय राजेन्द्रप्रसाद पाण्डेज्यूले अहिलेको शिक्षा चुनौतिपूर्ण रहेको र शिक्षा विद्यार्थीलाई टिकाउने, सिकाउने र विकाउने हुनुुपर्नेमा जोडदिनु पर्छ भन्ने भाव व्यक्त गरी समारोह सम्पन्न गर्नु भयो । कार्यक्रम उपस्थिति सम्पूर्णलाई स्वागत मन्तव्य मार्फत सहायक क्यापस प्रमुखले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्यापसका प्राध्यापक पुरूषोत्तम दाहालले गर्नुभएको थियो ।

६ फाल्गुन २०८०, आईतवार १८:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस