यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
सिन्धुली,बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले वागमती प्रदेश कृषि तथा पशुपंक्षि मन्त्रालयद्धारा आयोजना गरिएको समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रमको उद्घाटन गर्नुभयो ।
सिन्धुलीको मरिण गाँउपालीकामा वागमति प्रदेश कृषि तथा पशुपंक्षि मन्त्रालयद्धारा आयोजना गरिएको कार्यक्रम प्रमुख अतिथि मुख्यमन्त्री जम्कटेलले खाद्यान्यमा वागमती लाई प्रदेशलाई आत्मनिर्भर वनाउने उदेश्यले यो कार्यक्रम ल्याएको वताउनुभयो ।
पालीकामा उत्पादन भएका कृषि उत्पादनहरु गाँउपालीकाले कृषकसँग खरिद गरी आफैले विक्री गर्ने योजना अघि वढाएर विचौलीयाको अन्त्य गर्नु पर्ने वताए ।
हरेक स्थानिय तहले आफ्नो क्षेत्रमा मुलवालीको रुपमा उत्पादन हुने कृषि उत्पादनलाई पकेट क्षेत्र वनाउने गरि योजना अघि सार्न मुख्यमन्त्रीले निर्देशन दिनुभयो ।
कार्यक्रममा कृषि तथा पशुपंक्षि मन्त्री रामेश्वर श्रेष्ठ,सामाजिक विकास मन्त्री कुमारी मोक्तान,प्रदेश सभा सदस्यहरु,चितवन,मकवानपुर,सिन्धुली तथा रामेछाप जिल्ला सहित चार जिल्लाका
मेयर,उपमेयर,अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागीता रहेको थियो ।