यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । पूर्वी युक्रेनको एक तालिम क्षेत्रमा दुईवटा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० जना रुसी सेनाको ज्यान गएको छ । डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको स्वागतका लागि रुसी सेनाहरू भेला भएका बेला क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।
रुसी अधिकारीअरुले आक्रमण भएको पुष्टि गरे पनि समाचारमा आएजस्तो मानिसहरुको ज्यान नगएको प्रतिक्रिया दिएका खबरमा उल्लेख छ ।
रुसले कब्जा गरेको गाउँ नजिकैको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो । घटनामा पछि बाहिरिएको भिडियोमा मृतकको सङ्ख्या धेरै देखिए पनि ६० जनाको मात्र ज्यान गएको भन्दै रुसले घटनालाई लुकाउन खोजेको खबरमा उल्लेख छ ।