|  

आईसीसी विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा नामिबिया र नेदरल्याण्ड्सको प्रतिस्पर्धा हुँदै

११ फाल्गुन २०८०, शुक्रबार ०६:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन ११, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ २०२३–२०२७ सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सको खेल हुँदैछ ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल शुक्रबार बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । नामिबिया दुई खेलमा जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ । अघिल्लो खेलमा नेदरल्याण्डसँग पराजित भएको नामिबिया आज बदला दिने तयारीसहित मैदानमा हुनेछ । अंक तालिकाको पुछारमा रहेको नेदरल्याण्डस् नामिबियाविरुद्धको जितलाई कायमै राख्ने तयारीमा छ ।

पहिलो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको नामिबिया दोस्रो खेलमा नेदरल्याण्ड्ससँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाललाई नै चार विकेटले हराएको नामिबिया चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान एकएक जित निकालेका नेपाल र नेदरल्याण्ड्ुस भने दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । नेदरल्याण्डसलाई ९ विकेटले हराएको नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ । तीन देशको अन्तिम खेल फागुन १३ गते आइतबार नेपाल र नेदरल्याण्ड्स बिच कीर्तिपुर मैदानमा हुनेछ ।

सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज जारी छ । आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि २०१९–२०२३ मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग–२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन् । अहिले नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा छन् ।

आईसीसीका अनुसार लिग–२ मा शीर्ष चार स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका चार देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

११ फाल्गुन २०८०, शुक्रबार ०६:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस