|  

नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा

१३ फाल्गुन २०८०, आईतवार १४:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने भएको छ । आजदेखि सडक दिउँसो पनि बन्द नहुने भएको हो । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न शुरू भएपछि दैनिक दिउँसो चार घण्टा बन्द हुँदै आएको थियो । यसका लागि तेस्रो पटक थपेको म्याद हिजो शनिवार सकिएको छ ।

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेको र अब यही कामका लागि भनेर गाडी रोक्नु नपर्ने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका प्रमुख केदार नेपालले बताउनुभयो । यो सडक दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द हुँदै आएको थियो ।

अब पुल निर्माण हुने ठाउँमा ढिस्को भत्काउने काम एकरदुई मिटर मात्रै बाँकी रहेको आयोजनाको पश्चिम खण्ड नारायणगढ–मुग्लिन का प्रमुख नेपालले बताउनुभयो । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गएको वर्ष र यसवर्ष पुसदेखि दैनिक सडक बन्द हुने गरेको थियो ।

६० मिटर अग्लो पहाडमध्ये गएको वर्ष २५ मिटर र यसवर्ष बाँकी काम गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिन० का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएको र अब बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।

 

१३ फाल्गुन २०८०, आईतवार १४:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस