यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
फागुन १४, काठमाण्डौँ । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले १८ सदस्यीय टिम घोषणा गरेको छ ।
घोषित टिमको कप्तान रोहितकुमार पौडेल छन् । यसैगरी, अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी छन् ।
यसैगरी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा पनि टिममा छन् ।
घोषित टिममा नेपाली टिम एका ६ खेलाडी समावेश हुँदा लिग २ खेलेको टिममा रहेका देव खनाल, भीम कार्की, पवन सर्राफ र सूर्य तामाङ छनोट भएनन् । टी–२० मा तीव्र गतिका बलर अविनाश बोहरा पनि समावेश भएका छन् ।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखलाको पहिलो म्याच मंगलबार त्रिवि खेलमैदान कीर्तिपुरमा हुनेछ । पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्नेछ ।