|  

ललिता निवास खाली गर्ने महानगरको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

१५ फाल्गुन २०८०, मंगलवार १४:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बालुवाटारस्थित ललितानिवासको जग्गा खाली गर्न काठमाडौं महानगरले जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । महानगरको सूचनाविरुद्ध परेका रिटमाथि सुनवाइ गर्दै आइतबार र सोमबार आदेश जारी भएको हो ।

विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा कायम भएको ठहरसहित ३ फागुनमा जग्गा जफतको फैसला सुनाएको थियो । यसपछि काठमाडौं महानगरपालिका–४ मा पर्ने उक्त जग्गा खाली गर्न महानगरले ९ फागुनमा सूचना निकालेको थियो ।

यही सूचनाविरुद्ध उच्चमा आधा दर्जन रिट परेका थिए । आइतबार पाटनका न्यायाधीश प्रकाश खरेलले महानगर विपक्षी रहेको चारवटा रिटमा अन्तरिम आदेश जारी हुने निर्णय सुनाएको थियो ।

१० फागुनमा निषेधाज्ञाको आदेश माग्दै दर्ता भएका ती चारवटै रिटमाथि कारण देखाऊ आदेशसमेत जारी भएको अदालतले जनाएको छ । सानुछोरी बज्राचार्यसमेत ४, सरिता मानन्धर श्रेष्ठसमेत ३, रेणुका बज्राचार्यसमेत चार र नूतन श्रेष्ठसमेत तीनले रिट दर्ता गराएका थिए ।

 

१५ फाल्गुन २०८०, मंगलवार १४:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस