|  

मिटरब्याजपीडित र सरकारबीच भएको वार्ता निष्कर्षविहीन

१७ फाल्गुन २०८०, बिहीबार १०:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मिटरब्याजपीडित र सरकारबीच हिजो भएको वार्ता निष्कर्षविहीन भएको छ । अर्को वार्ता कहिले हुन्छ भन्ने पनि टुङ्गो लाग्न सकेको छैन ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई पहिचान गरेको भए पनि समस्या समाधान गर्ने विषयमा गम्भीर हुन नसकेको बताउनु भयो ।

सरकारले समय तोकेर मिटरब्याज पीडितको समस्या समाधान गर्ने भनेको, तर आफूहरु माग छिटो सम्बोधन हुनुपर्ने पक्षमा रहेको उहाँको भनाइ छ ।

 

१७ फाल्गुन २०८०, बिहीबार १०:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस