यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । धनगढी सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारतबाट तस्करी गरि ल्याएको ठूलो परिमाणमा सामानसहित चारजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरको टोलीले बुधबार झण्डै ८ लाख बराबरको सामान र तस्करीमा संलग्न भएको आरोपमा चारजना महिला पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी नायब उपरीक्षक बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ७ लाख ९८ हजार मुल्य बराबरको सामान बरामद गरेको हो ।
प्रहरीले लेडिज सुट १७२ थान, धोती साडी १३२ थान,क्यापासिटर ५० थान,कुलर पम्प ६ थानसहित विभिन्न मोटरपार्टस,विद्युतका सामान बरामद गरेको हो। सशस्त्र प्रहरीले उक्त सामानको ७ लाख ९८ हजार मुल्यांकन गरेर कैलाली भन्सार कार्यालय बुझाएको छ ।