यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । दूधको भुक्तानी नपाएको भन्दै नवलपरासी पूर्वका किसानहरू दूध सडकमा पोखेर विरोध प्रदर्शन गर्दै भुक्तानी माग्दै उत्रिएका छन् । आज उनीहरूले कावासोतीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्धसमेत गरेका छन् भने सडकमै दूध खन्याएर सरकारविरुद्ध आक्रोश पोखेका छन् ।
सरकारले दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ । किसानहरूले ’मिल्क होलिडे’ बन्द हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन् ।