|  

बागमतीमा बजेट विवाद सुल्झाउन विशेष समिति बनाउन दलहरूबिच सहमति

१७ फाल्गुन २०८०, बिहीबार १३:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बागमती प्रदेशमा बजेटको विषयमा देखिएको विवाद समाधान गर्नका लागि एउटा विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् । आज दलहरूबिच भएको छलफलमा यो सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक मधुसूदन पौडेलका अनुसार विवाद समाधानका लागि सबै दलहरूको प्रतिनिधित्व हुने गरी आजै एउटा समिति गठन गर्ने सहमति भएको छ ।

समितिले यसबारे अध्ययन गरेर फागुन २९ गते संसद्मा प्रतिवेदन बुझाउनुपर्नेछ । समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिइने पौडेलले  जानकारी दिए ।

दलहरूबिच सहमति बनेसँगै बागमती प्रदेश सभाको बैठक बस्ने तयारी गरिएको छ । बैठक बिहान साढे ११ बजेलाई बोलाए पनि बस्न सकेको थिएन । आजको बैठकले समितिका सदस्यहरू पनि चयन गर्ने पौडेलको भनाई छ ।

१७ फाल्गुन २०८०, बिहीबार १३:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस