यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडितहरु रिहा भएका छन् । गएको सोमवार नयाँ बानेश्वरको संसद् भवनमा प्रवेश गरेर प्रदर्शन गर्ने ४८ जना महिला र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका उनीहरुलाई हिजो रिहा गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।