यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । अर्थमन्त्री प्रकाशशरण महतले भ्याट छली गर्नेलाई सरकारले नछाड्ने बताएका छन् । उनले भ्याट छल्ने अवस्था आउनै नदिने गरी काम गर्ने बताए ।
बागलुङस्थित आन्तरिक राजश्व कार्यालय अनुगमनमा आएका मन्त्री महतले जनताले तिरेको भ्याट छलेर खानेलाई जुनसुकै हालतमा कारबाही गर्ने जनाएका हुन् । लक्षभन्दा कम राजश्व संकलन भइरहेको कार्यालयको तथ्यांक बुझे पनि उनले उक्त धारणा राखेका हुन् ।
जानाजान कर नतिरेका, भ्याट छलेका घटनाले लक्ष्य पुग्न कठिन भएको उनको भनाइ थियो । ‘भ्याट भनेको जनताले मूल्यमै तिरिसकेको राजश्व हो, त्यो हिनामिना गर्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘त्यस्तो अपराध गर्ने र गराउन सहयोग गर्नेलाई कडा कारबााही हुन्छ ।’ उनले लक्ष्यअनुसार राजश्व संकलनमा भ्याट छलीगर्ने प्रवृत्ति हावी हुन नदिने समेत बताए ।