यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पछिल्लो समय नयाँ प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेको आगमन भएपछि थप कार्यसम्पादनमा प्रगती देखिँदै गएको छ ।
विपद् राहत सिफारिस समितको बैठक बसेर हालसम्मका विपद्का निवेदन हरु को सम्बोधन भएको छ । गाउँपालिकामा कर्मचारीहरु धमाधम सरुवा हुने कामकाज मिलाउँदै सुगम पालिकाहरूमा जाँदा गाउँपालिकामा कर्मचारीको अभाव सिर्जना हुदाँ कार्यसम्पादनमा असर पर्न गएकोले सरुवा कामकाज सहमतिमा पूर्ण रुपमा रोक लगाई मन्त्रालयको निर्णय अनुसार अन्य गाउँपालिकाहरूमा कामकाज गर्न खटिएर गएका कर्मचारीहरुलाई समेत फिर्ता बोलाउन मन्त्रालयमा परिपत्र गरिएको साथै खाली दरवन्दीमा कर्मचारी पदपूर्तीको लागि प्रदेश लोक सेवामा विज्ञापन माग गरिएको छ ।
आखाँ शिविर सञ्चालन ५१७ जना सेवा पाएका छन् भने अप्रेसन २६ जनाको मोतिबिन्दुको अप्रेसन भएको लागत साझेदारीमा बिरामीले प्रतक्ष्य लाभ लिएका छन् । क्यान्सर मुटु , मृगौला लगायत ८ वटा जटिल प्रकृतिका रोगको विपन्नता सङ्घीय तथा प्रदेश सिफारिस ३४ जना,गाउँपालिका बाट उपचार आर्थिक सहायत नगद १८ जना, प्रदान गरीएको छ ।
जटिल प्रकारका रोगहरुको मासिक ५००० पाउनेको सिफारिस ९४५ जना ० सिफारिस भएका छन्।नेपाल सरकारले तोकेको निशुल्क उपलब्ध गराउने औषधी र अन्य अति आवश्यक औषधी विद्युतिय खरिद माध्यमबाट खरिद गरी सबै स्वास्थ्य चौकीमा उपलब्ध गराईएको छ । १६ वटा माध्यमिक विद्यालयका विद्यालय सहायक कर्मचारीलाइ सूचना प्रविधि सम्वन्धी ३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । पाणिनी वहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाइ छात्रवृत्ती वितरण सम्वन्धि कार्याविधि २०८० अनुरुप छनोटमा परेका पालिका भित्रपाणिनि र दुर्वाशा ऋषिको पहिचानः समृद्ध पाणिनि निर्माण हाम्रो अभियान भन्ने दीर्घकालिन सोचका साथ सेवा प्रवाह गरिएको का १३ विद्यार्थीले निशुल्क रुपमा पाणिनी वहुप्राविधिक शिक्षालयमा अध्ययनरत रहेका छन् ।