|  

गजुरीमा निशुल्क आँखा शिविर संचालन, ८ सय जना भन्दा बढीले लाभ लिएको अध्यक्ष श्रेष्ठको भनाई

१९ फाल्गुन २०८०, शनिबार ११:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी गाउँपालिकाले बालबालिकाहरुको लागि निशुल्क आँखा शिविर संचालन गरेको छ । द फ्रेड होलोज फाउन्डेसन गजुरी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन हुने दुई दिने आँखा शिविरको आज एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । तिल गंगा आँखा अस्पताल काठमाण्डौको प्राबिधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा बोल्दै गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गजुरी गाउँपालिकामा आँखा शिबिर निकै प्रभावकारी हुने बताउनुभएको छ । उहाँले गजुरी गाउँपालिकाभरि सञ्चालन भईरहेको शिबिरमा ८ सय जना भन्दा बढीले यो सुबिा लिईसकेको बताउनुभयो । अहिलेसम्मको शिबिरबाट ८३ जनाको अपरेशन गर्नुपर्ने अबस्था आएको समेत उहाले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले निर्वाचित भएर आएपछिका दिनमा गजुरी गाउँपालिकाले अन्धकारमा रहेका ब्यक्तिहरुलाई अहिले बिभिन्न शिबिरबाट आँखा देख्ने बनाईएको र यसमा गौरव गर्नुपर्ने बताउनुभयो । अहिले गजुरी गाउँपालिकाभित्र यस कार्यक्रमलाई अझै बढी प्रोत्साहन दिएर अगाडी लैजाने बताउनुभयो ।
आज गजुरी बहुमुखि क्याम्पसमा सुरु भएको शिबिर भोलीसम्म सञ्चालन हुनेछ ।

आँखा मानव जीवनको महत्पूर्ण र संवेदनशिल अंग भएकाले पनि आँखाको हेरचाहमा सानै उमेरदेखि ध्यान दिन आवश्यक रहेको बताईएको छ ।

१९ फाल्गुन २०८०, शनिबार ११:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस