|  

उखुको जात, सिँचाइ, प्रविधि र उत्पादकत्व बढाउनेतर्फ ध्यान दिन किसानको आग्रह

१९ फाल्गुन २०८०, शनिबार १२:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । उखु उत्पादक किसानले उन्नत जातको बिउ, सिँचाइ, आधुनिक प्रविधि र उत्पादकत्व बढाउने गरी सहयोग गर्न आग्रह गरेका छन् । मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे किसानको पलायन रोक्न नसकिने बताएका हुन् ।

धनुषाको जनकपुरधाममा आज भएको कार्यक्रममा उखु तथा चिनी विकास समितिका पूर्वअध्यक्ष रामचन्द्र सिंह कुशवाहले उखु किसानले श्रमको मूल्य पाउन सधैँ आन्दोलन गर्नुपर्ने, उद्योगी मोटाउने तर किसान मारमा पर्ने अवस्था कायम रहेकाले त्यसलाई सच्याउनुपर्ने सुझाव दिनुभयो । त्यस्तै न्यून उत्पादकत्व, उच्च खेती लागत, उखुको न्यून गुणस्तर, सामाजिक–आर्थिक र नीतिगत बाधालाई समाधान गरेर जानसके मात्रै किसानको पलायनलाई रोक्न सकिने कुशवाहले बताउनुभयो ।

अर्का उखु किसान प्रमोदकुमार सिंहले ऋण काढेर उत्पादन गर्ने तर उधारोमा बेच्नुपर्ने झन्झटबाट सधैँका लागि मुक्ति पाउन आफूहरू बाली बदल्न बाध्य भइरहेको बताउनुभयो । उखु उत्पादक किसान वीरेन्द्र कुशवाहले पनि उन्नत जातको बिउ, सिँचाइ, आधुनिक प्रविधि र उत्पादकत्व बढाउने गरी सहयोग गर्न आग्रह गर्नुभयो ।

१९ फाल्गुन २०८०, शनिबार १२:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस