|  

मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्सीय कार्यदल गठन

२१ फाल्गुन २०८०, सोमबार १५:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २१, काठमाडौँ । मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्सीय कार्यदल गठन गरिएको छ ।

नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धन पछि निर्माण हुने सरकारको मन्त्रिमण्डलको संख्या र कार्यबिभाजन टुंग्याउन चार सदस्सीय कार्यदल बनाइएको हो ।

जसमा नेकपा एमालेवाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् । आज बेलुका ५ बजे नयाँ मन्त्रीहरूको सपथसँगै मन्त्री मण्डलको संख्या र कार्यबिभाजन टुंग्याउने बुझिएको छ ।

२१ फाल्गुन २०८०, सोमबार १५:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस