|  

प्रथम मझिमटार दशैं महोत्सवको आज तेस्रो दिन भव्यताका साथ सम्पन्न, भोलि पूर्ण कला वि. सी लगायतका कलाकार आउने 

९ आश्विन २०७६, बिहीबार २०:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भुवन भण्डारी /धादिङ
बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९, अन्तर्गत पर्ने मझिमटार बजारमा मंगलवार देखि प्रथम मझिमटार दशैं महोत्सव शुरु भएको छ । हाइवे स्पोर्टस क्लब जोगिमारा मझिमटारको आयोजनामा शुरु भएको कार्यक्रको अाज तेस्रो दिन विभिन्न कलाकारहरुको साथमा सम्पन्न भएको हो ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय जातजातिहरुको संस्कृति, खानाका परिकार, भेषभूषा, धार्मिक एवं पर्यटकीय स्थलको अवलोकन, रमाइलो मेला, बाल उद्यान आकर्षणका रुपमा रहेका छन् ।
नमस्ते नेपाल इभेन्टले ब्यवस्थापन गरको महोत्सवमा ११० वटा स्ट्रल रहेका छन् भने महोत्सवमा १ करोड बरावरको कारोवार हुने व्यवस्थापक राजकुमार सिग्देलले बताउनु भयो । महोत्सवलाई सफल बनाउनको लागि नमस्ते नेपाल इभेन्टको तर्फबाट व्यवस्थापकहरु राजकुमार सिग्देल, हेमु थापा, दिनेश पराजुली र सन्दिप थापाले महत्वपूर्ण भुमिका खेलेका छन् । महोत्सव असोज १८ गते सम्म चल्ने छ ।
अाज ढाका राम पौडेल,प्रचुका क्षेत्री र दीक्षा सुनार लगाएका कलाकारहरुले अाफ्नो प्रस्तुति राखेका थिय।भाेलि महाेत्सवको चौथो दिन गाइका पुर्णकला बिसि,गायक राकेश गुरुङ,सागर बिसि र दिपक खड्का लगाएका कलाकारहरुको प्रस्तुति रहने अायाेजक ले जानकारी दिएको छ।

९ आश्विन २०७६, बिहीबार २०:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस