|  

मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा  १० जना घाईते (घाईतेको नामावलि सहित)

११ आश्विन २०७६, शनिबार ०९:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ असोज ११ । धादिङको नीलकण्ठ नगरपालिका साविकको मुरलीभञ्ज्याङ स्थित पौवा खाल्टोमा ट्रयाक्टर दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

शनिबार बिहान भएको उक्त दुर्घटनामा परेका घाइते मध्ये ३ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ज्यामिरेबाट टारीबेसीतर्फ जाँदै गरेको ना ६ त २७८० नम्बरको ट्रयाक्टर तिव्र गतिका कारण अनियन्त्रित भइ मोड काट्न नसकेकाले दुर्घटना भएको घाइते हरि बहादुर शाहीले बताए ।

गम्भीर घाइते हुनेहरुमा जाजरकोट जिल्ला देडागाढ नगरपालिकाका कर्ण बहादुर चदरा, जय बहादुर चदरा र कृष्ण बहादुर राउत रहेका छन् । घाइतेहरु सबै धादिङबेसी आरुघाट सडकमा काम गर्नको लागि जाजरकोटबाट धादिङ आएका हुन् ।

अन्य घाइतेहरुमा हरि बहादुर शाही, कर्ण बहादुर शाही, तेज बहादुर राउत, मेन बहादुर शाही, पूर्ण बहादुर डाँगी लगायतका रहेका छन् । ट्रयाक्टर चालक बर्दियाका सञ्जय चौधरी रहेका छन् । दुर्घटनामा परी घाइते भएकाहरुलाई जिल्ला अस्पताल धादिङ ल्याइएको छ । साभार : धादिङ पोष्टबाट ।

११ आश्विन २०७६, शनिबार ०९:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस