यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । नेकपा एमाले ले वैशाख ८ र ९ गते बस्ने गरी महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ । आज शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको २९ औं सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको हो । एमालेमा करिब २२ सय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन् ।
‘हामीले पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछौं । त्यही सन्दर्भमा देशभरबाट अगुवा कार्यकर्ता बोलाउने निर्णय पनि गरेका थियौं,’ महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णय सुनाउँदै भने, ‘आज बसेको बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ ।’ एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो ।