यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरेको हो ।
गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सहिद घोषणा गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ । अधिकांश २०५८ साल यता सहादत प्राप्त गरेकाहरुको नाम सूचीमा समावेश छ ।