यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी साता विश्वासको मत लिने तयारी गरेका छन् । ३० फागुनमा विश्वासको मत लिने उनको तयारी छ ।
शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले ३० फागुनमा विश्वासको मत लिने तयारी भइरहेको जानकारी गराएका हुन् ।
नयाँ गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा९एकीकृत समाजवादी० छन् । एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१ तथा समाजवादीको १० छ । जनता समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने तयारीमा छ । उसको १२ सिट छ । यी पाँच दल मिल्दा संसदमा १५१ मत मिल्छ ।