|  

बाग्मतीको संस्कृति मन्त्रालयले सहकारीको ऋण चुक्ता गर्न आग्रह

२६ फाल्गुन २०८०, शनिबार १९:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई ऋण चुक्ता गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले सूचना निकालेर जुन सम्झौता वा सर्तअनुसार ऋण लिएको हो त्यसैअनुसार ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारीमा समयमा नै भुक्तान गर्न ऋणी सदस्यहरूलाई आग्रह गरेको हो ।
साथै मन्त्रालयले विभिन्न बहानाबाजी एवम् ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवार अभिव्यक्तिको पछाडि नलाग्न पनि अनुरोध गरेको छ । यस्ता अभिव्यक्तिको पछाडि लागेर ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यको बचत फिर्ता गर्न असहज भएको भन्ने गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले कर्जा चुक्ता गर्न आग्रह गरेको हो ।

२६ फाल्गुन २०८०, शनिबार १९:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस