|  

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउँछः प्रधानमन्त्री दाहाल

२६ फाल्गुन २०८०, शनिबार १९:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताएका छन् । शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो कुरा बताएका छन् ।

त्यस अवसरमा उनले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको पनि बैठकमा बताएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पुर्‍याउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुले सुशासन र समृद्धिको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरेको माओवादी संसदीय दलको कार्यालयले जनाएको छ ।

यस्तै सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र ले संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकताका विषयमा नयाँ सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गर्ने भएको छ । पार्टी संसदीय दलको बैठकले सरकारमा सहभागी अन्य दलहरुसँग छलफल गरेर मात्रै सो आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल अघि बढाउने निर्णय गरेको हो ।

 

२६ फाल्गुन २०८०, शनिबार १९:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस