|  

गजुरीमा विपद् प्रतिकार्य तालिममा युवाको सक्रियता

२८ फाल्गुन २०८०, सोमबार ०८:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । शिवदल गण गजुरी व्यारेकको आयोजनामा ४ दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु भएको छ ।

समुदायस्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्दै स्थानीय क्षेत्रमा हुन सक्ने विभिन्न प्रकारका विपद् हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित गजुरी गाउँपालिका वडा नं १ मा आयोजित चार दिने सामुदायिक विपद् प्रतिकार्य तालिमको उद्द्घाटन गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ ले गर्नु भएको हो ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिम अभ्यास सन् २०११ देखि सञ्चालन हुँदै आइरहेको छ । उक्त तालिम तथा अभ्यासअन्तर्गत विशेषज्ञसँगको शैक्षिक छलफल र टेवल कार्य गजुरी छात्राबासमा चार दिन सम्म रहने शिवदल गणका गणपति अरुण कार्कीले जानकारी दिनुभयो ।

आइतबार देखि सुरु भएको यो कार्यक्रमा प्राथमिक उपचार, बाढी, पहिरो, आगो, डढेलो नियन्त्रण, भूकम्पलगायतका विपद् आइपरेमा बाहिरी रेस्कु टिम नपुग्दासम्मको लागि स्थानीयस्तरमा स्थानीय सामग्रीको प्रयोग गरेर गर्न सकिने विपद् प्रतिकार्यको बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउनको लागि यो तालिम दिन लागेको शिव दल गण गजुरीले बताएको हो । गजुरी गाउँपािलका अध्यक्ष गणेशलाल श्रेष्ठले गजुरी गाउँपालिकामा बिपद् ब्यबस्थापन तालिमले प्रभावकारी भुमिका खेल्नेमा आफू बिस्वस्त रहेको बताउनुभयो । बिषेशगरि राजमार्ग क्षेत्रमा हुने दुर्घटना तथा अन्य बिपद्जन्य घटनामा पनि यो तालिमले अझ बढी सहयोग पुग्ने बताउनुभयो ।

२८ फाल्गुन २०८०, सोमबार ०८:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस