|  

सरकारले सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा सांसदहरुको सुझाव

३० फाल्गुन २०८०, बुधबार १४:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । राष्ट्रियसभाका सांसदहरुले सरकारले मुलुकमा सुशासन ल्याउनेगरी प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा सरकारको ध्यानकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जितजङ्ग बस्नेतले सरकारले जनताको पक्षमा मुलुकमा सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए।

सांसद कृष्णबहादुर रोकायाले रुकुम पश्चिमको मुसीकोट नगरपालिका–११ र १२ मा पर्ने पृतीबाङ खोलामा पुल निर्माणका लागि ठेक्का लागेर सम्झौता भएको चार महिना हुँदा पनि काम सम्पन्न नभइ अलपत्र छोडिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद पदमबहादुर परियारले संघीय संसद् भवन अपाङ्गतामैत्री हुनुपर्ने माग गरे। सांसद पूजा चौधरीले राष्ट्रिय परिचय पत्र बनाउने क्रममा महिला र पुरुषमा विभेद गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

 

 

३० फाल्गुन २०८०, बुधबार १४:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस