यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । कांग्रेसको तर्फबाट आयोगमा प्रतिनिधित्व गरेका डा प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना र डा आरपी विच्छाले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा बुझाएका छन् ।
त्यस्तै, जनमत पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने डा जयकान्त राउतले पनि राजीनामा बुझाएको बताइएको छ । अनिता हाल अमेरिकामा छिन् । उनले अमेरिकाबाट नै उपाध्यक्षसमक्ष राजीनामा दिएकी छन् ।